
स्रोत- कान्तिपुर कोसेली
समुद्र छोए छोएझैं गर्दै जहाज पूर्वतिर हुत्तियो । पानीमा लिपिक्क टाूसिएको जापान कताकति स-साना पहाड भएर उठेको रहेछ । हामी चढेको बोइङ नारतिा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा सूर्योदय हुूदै थियो । वरपिर िचिटिक्क छिमलिएजस्ता रुखहरूका पातमा बिहानी घामका शीतल किरण खेल्दै थिए । धावनमार्गका दुवैतिर कलमी गरेर मिलाइएका रुखका पात जहाजको झ्यालबाट आूखैमा घोच्न आइपुग्लान् जस्तो देखिए ।
अध्यागमन पास गरेर तल ओर्लिूदा हातमा कागजको चिर्कटो लिएर दोभाषे उभिएकी मैले टाढैबाट देखेू । उसले पहिला आफ्नो कागज हेरी जसमा मेरो फोटो थियो । फोटो र आफ्नो अघि आइपुगेको मान्छे एउटै ठम्याएपछि चश्मा झिकेर ऊ मतिर दौडिई र स्वागत भन्दै हात मिलाई । तर ऊ उभिइन । मानौं हतार भइसकेको थियो ।
जापान हतारमा बनेको देश होइन तर ऊ चाहिू जापानीहरू सधैं हतारमा हुन्छन् भन्ने देखाउन खोजेकी त होइन ? विमानस्थल भवनको पार्किङतिर नपुग्दै उसले कसैलाई हात हल्लाई । एकजना सज्जनले निहुरएिर अभिवादन गरे । सेतो पातलो धर्का भएको कालो कोट, उही बान्कीको रंगको पाइन्ट, सेतो कमिज, छिर्केमिर्के टाई, टिलिक्क टल्केको कालो जुत्ता । मध्यम उचाइका थ्री-पिसधारी खाइलाग्दा ती व्यक्ति के शिष्टाचार महापाल हुन् ?
हत्तपत्त छातीमा दायाू हात राखेर उनी सीधा मेराअघि झुके । त्यसपछि मेरो दुवै हातले समातेका सुटकेश गुडाउूदै मलाई कारतिर लगे । दुवै सुटकेश कारको डिब्बामा अलक्क राखे मानौं त्यसभित्र सिसाका फुटिहाल्ने सामान छन् । पछिल्लो सिटको दायाूपट्ट िबस्न अनुरोध गर्दै निहुरएिर ढोका खोले अनि म बसिसकेपछि फेर िनिहुरूिदै ढोका बन्द गरे । एक निमेष उभिन पाएका छैनन्, फेर िनिहुरएिर अभिवादन गरे ।
विदेश मन्त्रालयका अधिकारी होइन, ती त मन्त्रालयले भाडामा लिएको कारका ड्राइभर रहेछन् । उनले झट्ट त्यो सिलिक्क परेको कारलाई मुख्य सडकमा निकालेर तुफान गुडाउन थाले ।
तिनले हातमा एउटा पुस्तक समातेका थिए जुन पढ्दै पाहुनाको प्रतीक्षा गर्ने होलान् । दोभाषे अघिल्लो सिटमा बसेर अब 'टोक्यो पुग्न दुई घन्टा गुड्नुपर्छ' भन्ने सम्झाउूदै थिई । त्यो भव्य वातानुकूलित कार पछि सहर डुल्दै जाूदा थाहा भयो भर्खर कारखानाबाट निस्केको महूगो नयाू मोडल रहेछ जुन करोड यन घटीमा नपाइएला । ट्याक्सी होस् वा भाडामा पाइने कार जुन पनि नयाू काूटीका कुनभन्दा कुन राम्रा खाले गुड्ने एसियाकै समृद्ध देशको राजधानी पुगेपछि धेरैथोक छङ्ङ हुनै थियो ।
मैले ती ड्राइभरको हातमा अघिसम्म देखेको किताब नियालेू । उनले आफ्नोछेउ राखेका रहेछन् । तानेर हेरेू जापानी अक्षर बुझ्ने चेष्टा व्यर्थ भयो । ती अक्षरका आकृतिको हाउभाउ, चालचलन बुझिने खालको थिएन । एउटा अक्षर हाूगाबिूगा भएको सानो रुखजस्तो, अर्को अक्षर झाडीजस्तो, अर्को अक्षर सानो पहाडजस्तो, अर्को अक्षर टोप लगाएर खेततिर उभिएको मान्छेजस्तो, अर्को अक्षर मृग लखेट्न दौडिरहेको शिकारीजस्तो, अर्को अक्षर घाम तापिरहेको मकैको ढोडजस्तो ।
'के यो पुस्तक जापानी रुखबिरुवासम्बन्धी जानकारीहरू भएको गाइडबुक हो ?' मैले ड्राइभरतिर सोधेू । उनले फर्केर मलाई हेरे तर असी नब्बेको
स्पीडमा कार गुडिरहेकाले झट्ट मुन्टो सीधा पारे । उनले बुझेनछन् । दोभाषेले मलाई हेरी । मैले प्रश्न दोहोर्याएू । ऊ हाूसी अनि आफ्नो भाषामा ड्राइभरसूग के भनी कुन्नि दुवै हाूसे । 'सरी महोदय,' उसले भनी- 'यो यहाूको बेस्ट सेलर हो ।'
'गाइड बुक ?'
'होइन, होइन,' उसले भनी- 'उपन्यास ।'
'अच्छा,' मैले भनेू- 'के विषयमा छ ?'
'मैले पढेकी छैन,' उसले भनी- 'एकछिन है म उनलाई सोधेर जवाफ दिन्छु ।'
तिनीहरू फेर िकल्याङमल्याङ गर्न थाले । दुवै हाूसे । म भने त्यो किताबका पाना पल्टाउूदै थिए । भर्खर प्रेसमा छापेर ल्याएजस्तै सुग्घर पानामा कल्याङमल्याङ अक्षरहरू ढिके नुनझैं उठेका थिए । अक्षर थोरै तर अक्षर राखेको तरकिाबाट अर्थ फरक हुने जापानी काइदा हुन्छ भन्ने मैले बल्ल ठम्याएू । एउटा अक्षर एक्लै उभिएको छ भने त्यसको एउटा अर्थ हुन्छ तर अर्कोसूग नारएिको छ भने त्यसले फरक आशय दिइहाल्छ । 'जस्तै एउटी केटी सडकमा एक्लै उभिएकी छ भने साथी पर्खिूदै होला भन्ने अर्थ लाग्ला, होइन ?' ड्राइभरको जापानी उल्था गर्दै दोभाषेले भनी- 'तर केटोसूग नारएिकी छ भने तिनीहरू प्रेमी-प्रेमिका होलान् भन्ने बुझिन्छ, होइन ? तीन चार जना अरू पनि छन् भने तिनीहरू समूहमा पिकनिक जाूदैैछन् भन्ने अर्थ लाग्ला, होइन ?'
'हो हजुर,' मैले भनेू । 'तर केबारेमा छ त यो उपन्यास ?'
'लामो कथा छ,' उनले भनेको दोभाषेले फेर िउल्था गरी- 'तीन-तीनपल्ट आत्महत्या गर्न खोजे पनि असफल भएका व्यक्तिको कथा हो यो । ऊ आत्महत्या गर्न चाहन्छ किनभने ऊ विरक्त छ । केमा विरक्त छ भन्ने म पत्ता लगाउूदैछु ।'
'ए,'
'भर्खर त हो मैले पढ्न थालेको,'
'हगि ?'
'हिजोमात्रै अर्को सिध्याएू पढेर,' उनले भने- 'यो अलि अघिको किताब हो तर पत्रपत्रिकामा चर्चा धेरै छ ।'
'हगि ?'
'धेरै पढ्नुहुन्छ जस्तो छ,'
'हो,' दोभाषेले आफैं मलाई सम्झाई- 'नत्र जापानमा यत्रोविधि किताब कसरी बिकुन् त ?'
'हगि ?'
'सातैपिच्छे बेस्ट सेलर आउूछ,' उसले भनी- 'पत्रिकाहरू यस्तरी चर्चा गरििदन्छन् नपढी धरै पाइन्न !'
'अचम्म,' मैले भनेू, झ्यालबाहिर रुखहरू फ्याट्टफ्याट्ट वर सर्दै गए तीव्र गतिमा । रुखहरूको उचाइ लगभग समान देखिए जापानीहरूजस्तै । मैले आूखा अलि टाढा लगेू । आकाश उघ्रेको थियो । लौन त्यता अगाडि त देखे-देखेको पहाड सर्लक्क उभिए-
जस्तो भान भयो । हिउूले टाउको सिूगारएिको सानो गाूठीको त्यो पहाड ठ्याक्कै माउन्ट फुजीको फोटो हेरेजस्तो लाग्यो ।
'ए मिहो,' मैले दोभाषेलाई भनेू- 'त्यता अगाडि हेर त, माउन्ट फुजीजस्तो पहाड उभिएको छ ।'
'कता खै ?' उसले अलि निहुरएिर कारको अगाडिपट्टकिो झ्यालबाट आूखा सुइराजस्ता तिखा बनाएर टाढा हेरी । अनि भनी- 'लौ न नि, हो त !'
'के ?'
'माउन्ट फुजी,' उसले भनी- 'तपाईं भाग्यमानी हुनुहुूदो रहेछ, यसरी विरलै देखिन्छ त्यो पहाड । निकै पर छ नि त !'
'यी हाम्रा पाहुनाले कसरी ठम्याएछन् ?' ड्राइभरले सके यस्तै प्रश्न गरे होलान् दोभाषेसूग । उनले पनि मैले संकेत गरेतिर एकपल्ट झुलुक्क हेरेका थिए ।
'म पहाडबाट आएको हुू,' मैले भनेू ।
'हा-हा-हा,' उसले भनी- 'तपाईंले अब जापान रमाइलो गर्नुहुने भयो ।'
'कसरी ?'
'तपाईंका आूखा चलाख रहेछन्,'
'तर जापानी अक्षर छुट्याउन सक्दिन, बोल्न पनि जान्दिन,' मैले भनेू- 'लाटो भइरहन्छु जस्तो लाग्दैछ ।'
'आूखैले पढ्न सकिन्छ धेरैथोक,' हाम्रो कुराकानी बुझेर होला, ड्राइभर भन्दै थिए- 'भाषा बुझि-रहनुपर्दैन ।'
'तपाईं त्यस्तो सोच्नुहुन्छ ?'
'हो,' उनले भनेको मिहोले उल्था गरििदई-
'जापानीहरू धेरै बोल्दैनन्, बोले पनि चाहिने कुरा धेरै गर्दैनन्, तिनको फत्फत् सुन्नुभन्दा नबोली घुम्नु रमाइलो हुन्छ ।'
'ठट्टा गर्नुभयो,'
'वास्तविक कुरा गरेको,' उनले भने- 'हामी धेरै बोल्न जान्दैनौं ।'
'देश बनाउनमात्र जान्नुहुन्छ,' मैले भनेू-
'हामीकहाू ठीक उल्टो छ !'
'अघिल्लो पुस्ताले बनाएको हो जापान,' उनले भने- 'अहिले त हामी भोगमात्र गर्दैछौं ।'
'तपाईंहरूलाई अघिल्लो पुस्ताले नै सही बाटो देखाइदियो,' मैले भनेू- 'हामीकहाू धेरैथोक अहिलेकै पुस्ताले गर्नुपर्नेछ ।'
'तपाईं किन त्यसो भन्नुहुन्छ ?' उनले सोधे- 'नेपाल त धेरै सुन्दर देश छ भन्ने सुन्छु । जो पनि जापानी फर्केर आउूछ त्यहाूको बयान गरेर थाक्दैन ।'
'पहाडमात्र सुन्दर छन् हाम्रा,' मैले भनेू ।
'मान्छे पनि धेरै हूसिला छन् भन्ने सुन्छु,'
'ती नौलो मान्छे देखेर हाूस्ने हुन्,' मैले भनेू- 'ऊ त्यो फुजी पहाडजस्तै ! फुजी टाढा छ जसरी ती
मुस्कानधारी नेपाली अनुहारहरू !' -फुजी भने हराइसकेको थियो ।)
'के भन्नुभयो ?'
'तिनको मनमा बेथा छ, बेचैनी छ ।'
'चाहिने नै त्यही हो,' उनले भने- 'बेचैनी छ भने त्यो छटपटीले बाटो खोज्छ जस्तो लाग्छ है मलाई त । हाम्रा बाहरू विश्वयुद्धपछि यस्तै कुरा गर्नुहुन्थ्यो ।'
'तर धेरै सकस हुने रहेछ,' मैले भनेू र अहिलेको नेपालको हाल बेलिविस्तार लगाएू ।
'होला,' उनले भने- 'कृपया आफ्नो दायाूपट्टकिा रुखहरू हेर्नुहोस् त महोदय !'
मैले त्यता हेरेू, ठिङरङि्ग उभिएका तर तीव्र दरले पूर्वतिर सररिहेका रुख हेरहिेको बेला उनले भने- 'समुद्री तुफान आएका बेला यस्ता रुखहरू बडो मुश्किल झेल्छन् !'
0 comments:
Post a Comment