Tuesday, November 20, 2007

नदी

पहिले लेख बिनाको शिर्षक अहिले शिर्षक बिनाको लेख। सम्भबत जीबनमा म लेखक नबनुला। हत्केलामा कोरिएका धर्कामा विश्वाश छैन, भाग्यको अर्को सङ्या पनि मसँग छैन।
अस्ती जस्तो लाग्छ यात्रा लामो नभईकन एउटा नदी तेर्सियो। थकाई लागेको हैन,एक अनौठो अनुभब,प्रिथक आकर्षण, म भुल्लीए।
स्वच्छ छबी, उदार मन। कस्तो निस्कपट भाबना, अपार मुटुको धनी। केहीबेर सङ्गै हिंड्ने अनिश्चित निर्णयले मलाई ढकढक्यायो। मनको सुन्ने म-सधैं गलत पनि हुनु नपर्ने।
सङ्लो पानीको धनी- म उनको निकट रहद आफ्नो छबिलाई प्रस्ट देख्न सक्थे।
सानो देखी लागेका सबै बानी सच्याउने क्षमता मसँग अवस्य थिएन। एद्देपी कतिपय नराम्राहरु उनको सहायताले धोए।
कहिलेकाही उनी मोडिएर बग्थिन। त्यो उनको वाध्यता हुन्थियो। सधैंजसो म उनको त्यो घ्रिणित बाध्यतालाई सम्झना सक्तीन थे। आबेगमा कहिले म किनर किनार बाट अली पर भागदथे। उनी एक्लो अवस्य थीईनन् ।बग्न चाहने किनार आई उनको पर्खाई बोकेकालाई उदास कहिले गर्दिनथिन। सङ्लो पानीमा डुबुल्की मार्ने धेरैले चाहना राखे। उनले नकारीनन्,कहिले पनि।
म मात्र एक त्यस्तो थिए जो उनको स्वछ पानीलाई नछोइ ढमिल्याउने गर्दथे। म कती क्रुर थिय। एद्दपी म तेत्ती निस्ठुरी पनि थीईन। के गर्दै होलिन भन्ने सोचले मलाई फेरी किनारमै ढकेल्थियो।
यतिन्जेल हरायौ फेरी किन आयौ? उनको मायालु स्वोरमा यो प्रश्न कहिले गुन्जेन। सायद त्यही उदारपनले मलाई सहनशक्ती एबम क्षमाको पाठ सिकाई रहेको हुन्थियो। एसरीनै बित्दै थियो। हामी थाहै नपाई एक अर्काका सहयात्री बनिसकेका थियौ। क्षणभरको दुरीमा रोधन निम्त्याउने भईसकेका थियौ। प्राय: जसो हामी खुशी हुन्थ्यौ, त्यही मात्रामा दु:ख पनि गाढा हुन्थ्यो। बेअर्थको दु:ख बेकारको रोधन- तर हाम्रा लागि त्यो अती ठुलो थियो।
अचानक परिवर्तनले पासो थाप्यो।अली पर फुलेका फुलमा मेरा आँखा पुगे। आँखा लोभी मन पापी, म त्यतै लम्कीए। म सुटुक्क निक्लीए। शायद उनले मलाई रोक्न चाहिन। मेरा बैरा कानले केही सुन्ने वास्ता राखेनन्। म दोसी दोषी थिए। अचानक आएको खुशी क्षणभरको रमाइलो र जीबन भरको पीडा हुदोरहेछ। म अपबाद हुन सकिन। सारा उराठपनले च्याप्यो, लोभले घेर्यो अनी एक्लोपनले चुस्यो। अचानक मैले मेरी नदीलाई सम्झे। खोज्दै खोज्दै म उनिसम्म पुगे।। मेरो बौलट्ठेपनले मलाई सखाप पार्यो। टुटेका मुटुका अनगिन्ती पुर्जा लिई जोडीने आशामा म उनको सामु पुगे। मेरो मुर्ख एबम दुस्ट कार्यले उ उनको मुटु चर्केको त मैले अवस्य सुनिन तर मेरो पर्खाईमा उनले केही पल त्यागेको हुनुपर्छ। यद्द्एपी उनी म जती कमजोर देखिन्नन्।
शायद फर्कन ढिलो भएछ। मैले अघी बिशाल समुद्र देखे। उनको बगाई उनको जीबन हो। म रोकिने आशा राख्दिन। केही क्षणमै उनी बगेर सागरमा घुलिनेछिन। त्यस सागरमा डुबुल्की मारी उनको अस्तित्व खोज्ने क्षमता ममा छैन।
जीबनमा मैले दुई कुरा प्राप्त गरेको आभाष पाए। उनको साथ र मेर मेरा सरलता पूर्वक बग्ने आशु। केही क्षण मै म ती दुई मध्ये एक गुमौदै गुमाउदैछु। म स्वयमलाई बिग्य छैन यी आशुका बलमा कतिन्जेल बाच्ने। उदाएको सुर्य र अस्थाएको घामको बिच लिएको सासलाई म कती जीबन मान्ने।
म यती मुर्ख त थिईन। बगेको खोला फर्कने आशमा म रुझिरहेछु। यस्तो पर्खाई जीबनमा अरु केही कुराको निम्ती नहोला।
रुनलाई त सारा जीबन बाँकी छ। फेरी अर्को गल्ती दोहोर्‍याउन चाहन्न। म एक्लोपन बोकी आँखा तिनै तिर तेर्साइ रहेछु। अन्तिम पटक मासिदै गएका क्षणहरु म महत्तो दिदै बाचिरहेछु। उनी मेरा आँखाबाट बिलिन हुनुजेल म उनै तिर हेर्नेछु। निरन्तर निरन्तर। भगवान! तिमी छौ भने जीबन दिएर मुटु दिने चेस्टा चेष्टा नगरेस।

0 comments: