आज बाट नयाँ कोठा सरे। यो ठाउँ मा पहिले कहिल्यै आएको नभएनी यस ठाउँको लागि म नौलो नै हु आज। MAYFIAR HOSTEL बन्द हुँदा प्रतक्ष्य प्रभाव मलाई पनि पर्यो।
मानिसलाई दशा लाग्यो भने एक पछी अर्को गर्दै लगातार लाग्दो रहेछ। केही दिनअघी एउटा मृत्युको अनुभव भयो मलाई। परिस्थिती यती सम्म बिकराल बन्यो कि मैले आफुलाई सम्हल्ने स्थितिमा पाईन। तर यस बिचमा केही गल्ती र मेरो अमिट अल्छिपनाले पनि उत्तिकै भूमिका खेल्यो।
भास्करसँग केही अस्ती देखी बैचारिक द्वोन्द चर्केको सकिएकै थिएन। हामी केही कम बोल्ने भएका थियौ। तर यसपाला मलाई कोठा SETTLE गराउन उ यती लागि पर्यो कि म जीबन भरिको ऋणी भए जस्तो छ। एद्देपी उसलाई धन्यवाद भन्ने अठोट गरिन।
कोठा ठुलो छ,सफा पनि छ,अनी महँगो पनि तेत्तिकै। यती महँगो तिरेर यहाँ बस्ने नेपालीहरु कमै होलान, तर म आफ्नो अवस्थाले बिबस भएर आकोले ममा खुशीको स्तर कम छ। मानिस आँखाले देखेकोलाई नै अन्तिम सत्य मान्छन म पनि तेसै गर्छु तर यसपटक म पुरै खोक्रो लागिरहेछु।
कोठामा हामी दुई जना छौ। मैले जान्ने जती भाषा उसले जान्दैन। मलाई उसको भाषा आउँदैन। दुबै मिलेर केही गर्नु परे ईशारा गर्नुपर्छ। यो तरिकामा म कमजोर रहेछु, उसले बुझे जस्तो लागेन। LAPTOP मेल चेक गर्न मागेको पुरै WINDOWS नै चाइनिजमा रहेछ। म हारे। अनी हास्न थाले। उसले बुझ्यो बुझेन तेस्को पनि ख्याल राखिन। हास्न चै उ पनि हाँस्दै थियो। जे होस रमाइलो नै भयो तर एसरी त हुँदैन सधैं। भाषा सिकाउ भने माध्यम छैन,आफु सिकौ त कामै छैन। जे पर्ला पर्ला।
मेरो काम ११ बजे सिद्धिन्छ,कोठा पुग्दा १२ बज्छ, त्यसपछी हो मेरो आफ्नो समय ३/४ नबजे सम्म T.V., MOVIES हेर्ने, म्युजिक सुन्ने,पुस्तक पढ्ने अनी केही लेख्ने तर हिजो त्यहाको नियम सुनेर एक छिनत् मरुन्जेल हासो लाग्यो।
यहाँ चै रातको १२ बजे पछी हल्ला गर्न नपाईने, T.V. बन्द, अनी बोल्दा पनि सकिन्छ भने साउती गरेर रे । हे जिन्दगी........ठिकै छ अब केही जेल तिमीलाई एसरी पनि बाचौला ।
निरन्जन आज निनीहरु सहित तातोपानी गाको छ अबत आईपुग्यो होला। फोन पनि गरेन, अबेर भएपनी आईपुगे हुन्थियो। घरमा फोन नगरेको पनि २ महिना हुन लागिसक्यो। अब अझै केही समय गर्दिन, वा एकै चोटि नेपाल पुगिन्छ कि ?
धेरै थाकेको छु अब सुत्नु पर्छ। ब्लग लेखे पनि तेही नलेखे पनि तेही।
Saturday, December 1, 2007
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment