
अनौठो खुशीले ढक्ढक्याइ रहेको आभाष। प्राय हरेक खुशीमा कारण लुकेको पारीभाषा बोकी आएको कारण यो खुशी सही सहज स्विकार्य छैन। एक नबीन आशाको त्यान्द्रो अनी एक प्रिथक म-चौबिस बर्ष पुरानो फेरी पनि चौबिस बर्ष नयाँ।
मध्यम बर्गमा जन्मनु एक अभिशाप मान्दै आएका ब्यक्तिहरुको सोचाइ, उदाहरण अनी पुषटीले मलाई तेस्सै छाडेन। आफ्नै जीबनका अनेकौ बिग्नहरु चिच्याई चिच्याई मलाई बोध गराउदै थिए। म कटिबद्द रहन सकिन। शायद हार पो थियो कि? आफ्नो वास्तबिकता अनी जीबन पारीभाषाको। तर, म यो परिवर्तनबाट सिक्न चाहन्छु। म फेरी त्यो ईतिहासमा फर्कन चाहन्छु अनी फेरी नबदलिने प्रयास गर्न चाहन्छु। म जीबनमा बाँच्न चाहन्छु - एक मानब शरीर मात्र नभई ,चुस्ने पशु नभई बरु,एक मानब मात्र भएर। इर्श्या,लोभ, रीस अनी पापी चाहनले जीते एक जिउदो लाश हुन चाहन्छु। सत्य,माया,शान्ती अनी भाबनाले मुस्कुराए म एक देश हुन चाहन्छु।
0 comments:
Post a Comment