Saturday, December 22, 2007

अतितको तितोपना असाध्यै गाडा हुदो छ।

जीबन सार्‍हो फुस्रो भयो। मरेको लिखा झै। जीउदो लिखाले सेमत पोटिलो मृत्‍यु भोग गर्दछ। आफ्नो बेदना शत्रुका निम्ती अमृत समान छ। खुशी चाँही आफ्नो निम्ती पराई।
अत्यन्त बिकराल परिस्थितीमा जीबन मृत्‍युको ईक्ष्या प्रकट गर्छ। आफ्नो बिबशता आँफैलाई चिर्दै आँखासम्म आईपुग्छ। कहिलेकाही त आशु पोखिन्छन। मन एक्लैको रुवाई भित्र भित्रै खाडल बनाउदै जान्छ।
अभिनन्दनमा जीबन पीडा चढाउछ;म आशु। जीबन र म एसरी नै एक अर्कको अर्काको सहयात्री बनेकाछौ। दुबैको अन्तिम पाईला एकै साथ टुङिने छ।
गुमाएका सबै बस्तुको निम्ती आशु बर्बरी रोए। अतितको तितोपना असाध्यै गाडा हुदो छ। मुटुको चित्कार बिबशतालाई उकालो सार्छ। म ओरालो झरेको झरेकै छु। समात्ने कोही ,केही छैन।

0 comments: