Tuesday, December 18, 2007

तिमी म भन्दा कोसौ टाढा छौ, तिम्रो माया सधैं मसँग छ।

ब्लग लेख्नलाई बिषयहरु पाउन छाडे। म कती खोक्रीए भन्ने कुराको स्पस्ट प्रमाण हो यो। धेरै बेर घुम्ने CHAIR मा टाउकोलाई आकाशतीर फर्काएपछी आफु सानो हुँदा निरन्जनसँग बितेको पलहरु झट्ट सम्झना आयो।
भोजपुरमा हाम्रो घर दुइटा छ भिन्ना भिन्नै ठाउँमा गरेर। एउटा बजारमा अनी अर्को बजार नजिकैको गाउमा। हाम्रो परिवार अहिले सम्म छुट्टीएको छैन- सायद सानो भएर होला। म, बाबा, र ममी गाउको घरमा बस्थ्यौ अनी निरन्जन अजी, निनीहरुसँग माथि बजारको घरमा। अहिले सोच्छु, उसलाई म बस्ने घरमा बस्नलाई मन मान्थेन र म पनि माथि बजारको घरमा धेरै बेर टिक्दिनथे। दसैंमा चाँही नवमी र दशमी गरी त्यही १० घण्टा जती बस्थे क्यारे। हामी बिच अरु धेरै कुराहरु भिन्न थिए। उ गोरो, म कालो। उसलाई बोलाउने नाम बेग्लै मरो बेग्लै । उसको स्कुल फरक, मेरो अर्कै। उसले चिनेका मान्छे अलग, मैले चिनेका अलग।
एक पल्ट सानोमा खै किन हो मैले उसलाई लट्ठिले बेस्सरी हानेथे- उसले जबाफमा केही पनि गरेन कारण मनै रोईरहेथे। त्यस चोटको दाग उसको हातको औलामा अझै देखिन्छ।
हाम्रो बारीमा अमलाको धेरै बोटहरु थिय,अहिले पनि होला। अमला खान आउनेको त्यहा सधैं भिड हुन्थ्यो नसिद्दिय सम्म। मैले मेरो परिवारले त्यसरी हुरुक्कै भएर अमला खाएको कहिल्ये देखिन। न आँफैले खाए। तर निरन्जन चाँही माथि बजारमा लगेर बाड्नलाई खुब टिप्थ्यो। म मुनी झरेका अमला टिप्न बस्थे। खै के गर्थ्यो कुन्नी ३/४ पल्ट उ त्यस रुखबाट झरेको याद छ। त्यो रुख कम्तीमा पनि १० फिटको हुनुपर्छ अनी म बसेको ठाउँसम्म त २० फिट भन्दा बेसी हुनेपर्ने। खसेपछी म उभन्दा बढी काप्न थालथे। उ चाँही उठेर ममीलाई नभनल भनेर मलाई फकाउन थालथ्यो। ममीलाई पीर लाग्छ भनेर होकी अझ गाली थप्ने हो भनेर हो मैले उसलाई पछी पनि कहिले सोधिन।

म कक्षा चारमा पढ्दा म सँगइ पढ्ने प्रभा मास्के भन्ने केटीलाई खुब मन पराउथे। यो 1993 को कुरा। उ एक बर्ष पनि नपढी कता गई कता। मैले धेरैको अनुहार भुले तर उनको अनुहार अझै स्पस्ट सम्झना आउछ मनमा। अहिले पनि उसको माया लाग्छ मलाई। यो कुरा मैले निरन्जनलाई करीब दस बर्ष पछी भनेथे। त्यसबेला उ यती धेरै हास्यो कि म लाजैले मरे। पछी थाहा पाए , मैले मन पराएको केटीलाई उसले पनि मन पराएको रहेछ। हामी एक अर्कालाई प्राय सबै कुरा सेयर गर्छौ तर यो कुरा पत्ता लाग्न हामीलाई १० बर्ष लागेछ।

कक्षा सात देखी उ तल गाउको घरमा हामीसङै बस्न थालयो। त्यसपछी हो हामीले एक अर्कालाई चिनेको, माया गर्न थालेको। त्यसबेला हामी क्रिकेट खेल्थ्यौ। उ ब्याटिङ च्याम्पीएन, म बलिङ मास्टर। म ताकेर उसको खुट्टामा प्रहार गर्थे त्यस बललाई उ फर्काउन चुक्थ्यो। उ पीडाले भुईमा पल्टिन्थ्यो, (कारण READYMADE बल धेरै कुदने भएकोले धेरै पटक हरायो- छक्का भयो भने त्यो बल फेरी खेल्न नपाईने, हामी वरिपरिका गोलाकार लाग्ने सबै बस्तु बल बनाइदिन्थ्यौ।) म चाँही हास्न थालथे। अनी पीडित हैन सद्दे खुट्टालाई मालीस गर्न थालथे। त्यसबेला त मेरो हासोको बिस्फोट नै हुन्थ्यो जब उ निराजन! यो हैन अर्को खुट्टा भनेर अनुरोध गर्थ्यो।
र यिनै घटनाहरु बिच म उसलाई माया गर्दै थिय।
उ आठमा हुँदा उसको साथीहरुबाट उसले अपुरो कराते सिक्यो अनी मैले उसबाट झनै कम कराते बिद्या हासिल गरे।
उ कक्षा नौमा हुँदा आईतबार कहिले स्कुल समयमा पुगेन क्यार। DD 1 बाट आउने चन्द्रकान्ता ( आजकाल मलाई यो नाम कुनै राजकुमारीको नभएर राक्षसको नाम होकी जस्तो लाग्छ) सकिदा घरमै १०:१५ हुन्थ्यो। स्कुल १० बजे सुरु हुन्छ अनी पुग्न २५ मिनेट लाग्छ घरबाट। त्यसपछी उ कुनै पनि T.V. SERIAL मा लिप्त भएर हेरेको थाहा पाईन मैले।
................त्यसै बर्ष होला हामी झन्डै एक महिना सम्म बोलेनौ। एक अर्कालाई केही अराउनु परे कागजको चिट दिने सम्झौता थियो। मैले चाँही एकपटक चिट दिए तर उसले चाँही कहिलेनी दिएन। फेरी मैले पनि दीन छाडे। सम्झौता आँफैमा बिलाएर गयो। पछी बोल्न थालेको दिन हामी दुबै खुब रोएका थियौ।
I LOVE YOU DAI.
TAKE CARE.

3 comments:

Salik said...

yeuta nepali geet...
parkhirane

tapaiko blog herey, khusi lagyo, dherai lekhnu bha chha..
unko barema hehehe

mero yeuta kabita pani padh nu hola...

sapana

Saurav said...

nice & soulful read ..........
..........................
..........................
........................

adam said...

Hello I just entered before I have to leave to the airport, it's been very nice to meet you, if you want here is the site I told you about where I type some stuff and make good money (I work from home): here it is