प्रभा!
पत्रमा तिमीलाई स्वागत छ। म तिम्रो लेखको Middle of the Road बाट धेरै टाढा आईपुगे। खुशी लाग्यो - पुरै यात्रा रोचक रह्यो। बिधवाका आखाजस्ता सपनाहिन, पोतीएको खुशीजस्तो हरफहरु, घरीघरी उदासिनता अनि कहि कहि मानबिय निचता माथिको बलीयो आक्रमण- जम्मामा मेरो लागि यो लेख फरक नै रह्यो।
तिमीले राखेको शर्त पालन गर्न केही कठिन रहेछ। मैले सकीन। म हारे।( आखीर खाए पनि बिष नखाए पनि बिष भए खाएरनै अस्तित्व बिलीनको महत्व बढी होला।) मानिसले गरेको गल्तीको भगवानले क्षमा गर्छन रे- होला पनि, त्यती पनि नगरे भगवान के भगवान ? अब तिमीसग पनि भगवानको कुनै नाता त पक्कै होला।
सत्य सधै सेतो हुदैन।( कालोको अर्थ सधै नराम्रो/ नकारात्मक लाग्छ भन्ने अर्थ नलागोस।) हामी जुन कुरालाई सुन्छौ, देख्छौ, तेस्सैलाई अन्तीम सत्य (प्रा:य) मान्छौ तर बास्तबिकता सधै त्यस्तो हुदैन। भैदिदैन. बेदनाले कथामा रोचकता थप्छ। बास्तबिकतामा कयौ गुणा बढी पीडा. तिमीले नजिकबाट देखेकी त्यो अबलालाई पीडा झेल्ने शक्ती मिलोस।
लेख राम्रो छ। बस! आफ्नो लागि मात्र लेख्न बन्द गरीदेउ। तिम्रो लेखमा पाठकको पनि अधिकार रहोस। जिन्दगी कहा, कसरी, कुनबेला हामीसग बाच्न आईपुग्छ -के थाहा? अथवा नबाची गुज्रेला - के भर!
आफुले पनि केही त गर्नुपर्यो नी।
निराजन
Subscribe to:
Post Comments (Atom)
2 comments:
very nice...
keep on posting..
Post a Comment